काठमाडौं-फ्रेन्च लिग वान फुटबलमा बुधबार राति लिग लिडर पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले प्रभावशाली जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले कँनलाई ३–१ ले हराउँदै दोस्रो स्थानको टिमसँगको अंक दूरी ९ पुर्‍याएको छ ।


ADVERTISEMENT


पिएसजीको जितमा एडिसन काभानी, केलियन एमबाप्पे र युरी बेर्चिचे इजेटाले गोल गरे । कँनका लागि सान्तिनीले एक गोल फर्काए । खेलको २१ औं मिनेटमा काभानीको गोलबाट सुरूवाती अग्रता लिएको पिएसजी पहिलो हाफमा १–० ले अघि बढ्यो । दोस्रो हाफमा केही आक्रमक देखिएको पिएसजीका लागि ५७ औं मिनेटमा एमबाप्पेले गोल गर्दै अग्रता दोब्बर पारे ।


ADVERTISEMENT

# # #


मोनाकोबाट यहि सिजन आएका एमबाप्पेले अहिलेसम्म पिएसजीका लागि १२ गोल गरिसकेका छन् । त्यसपछि खेलको ८१ औं मिनेटमा नेइमारको पासमा युरीले गोल गर्द गर्दै पिएसजीको अग्रता ३-० मा पुर्‍याए । ९० औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै सान्तिनीले कँनका लागि सान्तवना गोलम फर्काए ।

जितपछि शीर्ष स्थानको पिएसजीको १९ खेलबाट ५० अंक भएको छ । राति नै भएको खेलमा रेनलाई २-१ ले हराएको दोस्रो स्थानको मोनाकोको ४१ अंक भएको छ । यस्तै समान ४१ अंक भएको लायन तेस्रो स्थानमा छ ।