काठमाडौँ– महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले रुकुम पश्चिमको मुसिकोटमा ‘महिला सशक्तिकरणमा (महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गरेको छ । लाईफका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईद्वारा उद्घाटन भएको सो कार्यक्रम ‘महिलालाई रोजगारी र समृद्धिको मुल’ नाराका साथ सम्पन्न भएको हो ।


ADVERTISEMENT


समारोहमा बोल्दै भट्टराईले पिछडिएका र अवसर नपाएका महिलाहरुलाई रोजगारी प्रदान गर्दै आर्थिक रुपबाट सबल बनाउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको बताए ।


ADVERTISEMENT

# # #


यस्तै, कम्पनीका प्रमुख बजार अधिकृत प्रशान्तराज धमला र बजार प्रबन्धक यमलाल न्यौपानेले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै मुलुकको आर्थिक रुपान्तरणको लागि यो कार्यक्रम कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे।

रुकुम पश्चिम जिल्ला समन्वय समितिका संयोजक लुम्बिनी गौतमले रुकुम जस्तो दुर्गम क्षेत्र राजनैतिक चेतना र सुविधाको हिसावले विकसित भैसकेको भएता पनि महिलाको आर्थिक उन्नतीको लागि महालक्ष्मी लाईफको यो कार्यक्रम निकै नै प्रभावकारी हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा सानी भेरी गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष शेर बहादुर खड्काले महिला सशक्तिकरणको लागि सरकार र गाउँपालिकाले पनि बजेट छुट्याएकोले महिलाहरुको रोजगारी र आय बृद्धिको लागि संचालित यस्ता कार्यक्रममा महालक्ष्मी लाईफसँग सहकार्य गरेर जान तयार रहेको जानकारी दिए।

लक्ष्मी केसिको अध्यक्षता र रुकुम पश्चिम मुसिकोटका प्रमुख व्यूँझना पुन देवकोटाले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रममा सानीभेरी गाउँपालिका पूर्व उपाध्यक्ष इन्दिरा ओलि, वडा नं. ३ का वडा अध्यक्ष जगदीश नकाल, पत्रकारहरु, स्थानीय जनप्रतिनिधिहरु समेत ६० जनाको उपस्थिति रहेको थियो ।