काठमाडौँ – सेवाग्राहीले सास्ती पाएपछि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले राहदानी विभागमा अनुगमन गरेका छन् । बुधबार त्रिपुरेश्वरस्थित विभागमा पुगेर गृहमन्त्री लामिछानेले त्यहाँको अवस्थाबारे बुझेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य दीपक बोहराले बताएका छन् ।


ADVERTISEMENT


विद्युतीय राहदान प्राप्त गर्न समस्या भएपछि हजारौँ सेवाग्राहीले सास्ती भोगिरहेका छन् । अनलाइन फाराम भर्दा विभागको बेवसाइट नै डाउन हुने र छपाई क्षमता भन्दा आवेदनको संख्या बढी हुँदा राहदानी समयमै पाउन सकेका छैनन् ।


ADVERTISEMENT

# # #


पालो नआउने भएपछि सेवाग्राहीहरु विभागमा रातीदेखि नै हजारौँको संख्यामा लाइन लाग्दा राहदानी वितरण कार्य यतिबेला अस्तव्यस्त बनेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेसँगै बसेको पहिलो मन्त्रिपरिषद् बैठकले राहदानी विभागमा देखिएको समस्या समाधान गर्ने निर्णय गरेको थियो ।

सोही अनुुसार गृहमन्त्री लामिछाने राहदानी विभाग पुगेका हुन् ।