काठमाडौँ– यूनाइटेड इन्स्योरेन्सको खुदनाफा गत वर्षको तुलनामा ९० प्रतिशतले वृद्वि भएको छ । कम्पनीले २९ औं वार्षिक साधारण सभा समारोहमा आफ्नो वित्तिय विवरण सार्वजनिक गर्ने क्रममा सो जानकारी दिएको हो ।


ADVERTISEMENT


कम्पनीका अनुसार, चालु आ.वको आश्विन मसान्तसम्ममा कम्पनीको खुद नाफा गत आ.व.२०७८/७९ को सोही अवधिको तुलनामा ९० प्रतिशतले वृद्धि भई रु.२ करोड २६ लाख ९२ हजार भएकोे छ भने चालु आ.व.२०७९/८० को पौष ४ गते सम्ममा कम्पनीले रु. ५१ करोड ५९ लाख २९ हजार बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।


ADVERTISEMENT

# # #


यस्तै, गतवर्षको तुलनामा बीमाशूलक आर्जनयस वर्ष ४२ प्रतिशतले वृद्धि भई रु. १ अर्ब ५६ करोड ४५ लाख ८६ हजार गर्न सफल भएको छ । कार्यक्रममा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरियो । आर्थिक वर्ष २०७९/८० का लागी बाह्य लेखापरीक्षक श्री एम. जि. एस एण्ड एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरियो ।

कम्पनीको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने रकम रु ५,१४,०८,०००/- बोनस शेयर र कर प्रयोजनका लागि नगद लाभांश ०.२६३२ प्रतिशतले हुन आउने रकम रु २७,०५,६८,४२१ वितरण गर्ने तथा सोहि बमोजिम प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरिएको छ ।

कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अनुपात बमोजिम संचालक समितिको गठन गर्ने तथा सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र, नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय सर्वसहमतिले पारित गरिएको छ ।