काठमाडौँ– पोखरा विमानस्थलमा भएको यति एयरलाइन्सको विमानबाट ३२ जनाको शव निकालिएको छ । आइतबार बिहान भएको दुर्घटनाग्रस्त विमानबाट हालसम्म ३२ जनाको शव निकालिएको हो । उद्धार कार्य अझै जारी रहेको बताइएको छ ।


ADVERTISEMENT


काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९ एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको थियो । पुरानो विमानस्थलको पछाडिपट्टि रहको सेती नदी दोभानमा जहाज खसेको थियो ।


ADVERTISEMENT

# # #