बागमती – बागमती प्रदेशसभाको उपसभामुख पदमा नेकपा एमालेकी अप्सरा चापागाईं निर्वाचित भएकी छन् ।


ADVERTISEMENT


आज प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट उम्मेदवार बनेकी गीता काफ्लेलाई पराजित गर्दै चापागाईं उपसभामुख पदमा निर्वाचित भएकी हुन्।


ADVERTISEMENT

# # #


आजको प्रदेशसभामा एक सय १० सदस्य रहेकोमा एक सय आठजना सदस्य बैठकमा उपस्थितभएको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए । बैठकमा उपस्थित मध्ये ६१ ले प्रस्तावको पक्षमा मत खसाले ।

विपक्षमा ३९ र दिन्न भन्ने पक्षमा सात मत पर्यो । चापागाईंको प्रस्तावकमा कुमारी मोक्तान र समर्थकमा आशा लामा थिए ।