काठमाडौँ – यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका चालक दलका चारजना सदस्यको चिरशान्तिको कामना गर्दै क्यविन क्रु एशोसियसन अफ नेपाल एयरलाइन्सले दीप प्रज्वलन गरेको छ ।


ADVERTISEMENT


सोमबार काठमाडौंको न्युरोडस्थित नेपाल वायुसेवा निगमको प्रांगढमा उनीहरुले पाइलट, को–पाइलट लगाएत क्रु मेम्वरको मृत्युप्रति दुख व्यक्त गर्दै दीप प्रज्वलन गरेका हुन् । साथै उनीहरुले उक्त दुर्घटनामा ज्यान गुमाउने सबै प्रति चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


आइतबार काठमाडौंबाट पोखरा उडेको विमान अवतरणका क्रममा पोखराको सेती खोँचमा दुर्घटनामा परेको थियो । दुर्घटनामा पाइलट कमल केसी र कोपाइलट अन्जु खतिवडा, एयरहोस्टेज ओसिन आलेमगर र सृजना हुङचुङ मगर लगाएत अन्य यात्रुहरुको ज्यान गएको थियो ।