काठमाडौँ – लुम्बिनी प्रदेशका नवनियुक्त सभामुख तुलाराम घर्ती र उपसभामुख मञ्जु खाण केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।


ADVERTISEMENT


सभामुख घर्तीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका छन् भने उपसभामुख खाणलाई सभामुख घर्तीले शपथ गराए । शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घर्तीले अघिल्लो प्रदेशसभाले बसाएको जग बलियो बनाउने गरी काम गर्ने बताए ।


ADVERTISEMENT

# # #


उनले प्रदेश सभाका ८७ सदस्यको अभिभाकत्वको समेत जिम्मेवारी पूरा गर्ने बताए ।