काठमाडौं-प्रचलित मापदण्ड मिचेर ग्यास उद्योग दर्ता र सञ्चालन भएको पाएपछि जिल्ला प्रशासन कार्यलयले सम्बन्धित उद्योगबाट दर्ताका बखत पेश भएका कागजपत्र बुझाउन ७ दिनको अल्टिमेटम दिएको छ ।


ADVERTISEMENT


आइतबार बनेपा नगरपालिकामा सञ्चालनमा रहेका सगरमाथा, चण्डेश्वरी, सूर्य, उग्रचण्डी र गौरीशंकर ग्यास उद्योगमा स्थलगत अनुगमनमा पुगेका प्रमुख जिल्ला प्रशासन अधिकारी शिवप्रसाद सिंखडाले वातावरणीय परिक्षण प्रतिवेदन, स्थानीय निकायको सिफारिस, उद्योग दर्ताको अनुमतिपत्र लगायतका कागजपत्र बुझाउन निर्देशन दिएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


‘मापदण्डविपरित उद्योग दर्ता भएको पाइयो, प्रारम्भिक चरण देखिका कागजपत्र मगाएका छौँ,’ उनले भने, ‘सुरक्षाको दृष्टिकोणले जोखिम देख्दा देख्दै के आधारमा अनुमति दिइयो त्यो छानबिन गर्छौँ ।’

उनले गल्ती पाए सम्बन्धित सबैलाई कार्वाहीको लागि सिफारिस गर्ने जानकारी दिए । फरक फरक मितिमा सञ्चालनमा आएका उद्योग मापदण्ड अनुसार हुने हो भने दर्ता नै गर्न मिल्दैन ।

बनेपा–४ स्थित सगरमाथा ग्यास उद्योग र बनेपा–१० स्थित सूर्य ग्यास उद्योग र चण्डेश्वरी ग्यास उद्योगको दुरी करिब ३ सय मिटर मात्रै छ । प्राय एकै व्यक्ति सञ्चालक रहेको सूर्य र चण्डेश्वरी ग्यास उद्योगको त पर्खाल नै एउटै छ । ३ वटै ग्यास उद्योगमा आपतकालिन सुरक्षा संयन्त्र प्रभावकारी छैन।

ती सबै उद्योगमा छुट्टै अग्नी नियन्त्रक छैनन्, उद्योग ‘भगवान भरोसा’ मा चलेका छन्। एकजना अपरेटर र फायर एक्स्टिङजुइजर बोतलको भरमा उद्योग धानिएको छ।

प्रचलित मापदण्ड मिचेर फर्जी कागजपत्रका आधारमा बनेपा–१ (साविक टुकुचानाला ३) मा दर्ता भएको उग्रचण्डी ग्यास उद्योग इन्द्रशोभा प्रावि र बस्तीबाट ५ सय मिटरको दुरीमा छ। बनेपा १३ मा रहेको गौरीशंकर ग्यास उद्योग पनि लार्पावाहीपूर्ण तरिकाले चलेको अनुगमनको क्रममा पाइएको थियो।

स्पाइनल इञ्नुरी पुनस्र्थापना केन्द्र र घनाबस्तीको विचमा रहेको ४० टन क्षमताको उद्योगले अन्य ८ बुलेट ग्यास (थप १ सय ६० टन) ग्यास वेवारिसे तरिकाले पार्किङ गरेर जोखिम निम्त्याएको छ।

तापक्रम नमिले बुलेट कुनै पनि बेला बिस्फोट हुन सक्ने भएकोले कुलिङ गरेर राख्नुपर्ने भएपनि त्यसो नगरिएको पाइएको हो।