काठमाडौं-तानसेन नगरपालिका ९ मदनपोखराकी कुन्ता पौडेल आफ्नै तरकारी बारीमा मन्त्री भेट्न पाउँदा निकै खुसी भइन् । २० वर्षदेखि कृषिमा आबद्ध पौडेलले आफ्नै बारीमा मन्त्रीसँग तरकारी खेतीमा देखिएका समस्या एवं बजारीकरणबारे बेलिविस्तार लगाइन् ।


ADVERTISEMENT


बारीमा मन्त्रीसहित मन्त्रालयकै कर्मचारी आएर समस्या, गुनासा र सुझाव लिएकोमा पौडेललाई अब आफूहरूका समस्या समाधान हुने विश्वास बढेको छ ।


ADVERTISEMENT

# # #


तानसेन मदनपोखरा-९ को तरकारी बारीमा कृषिराज्यमन्त्री सरिता प्रसार्इं, राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकी, परियोजनाका प्रमुख डा. नरहरिप्रसाद घिमिरे, कृषि मन्त्रालयका सहसचिव डा. योगेन्द्रकुमार कार्कीसहितको टोली पुगेको हो।

कृषकहरुले घरदैलोमा पुगेकी मन्त्री र मन्त्रालयका कर्मचारीसँग पाल्पा मदनपोखराका किसानले तरकारी उत्पादनसँगै बजारीकरणको ग्यारेन्टी, अग्र्यानिक उत्पादनको लेबलिङ र परीक्षणको व्यवस्था, पर्याप्त मात्रामा सिँचाइ सुविधा, कृषि उत्पादनमा यन्त्रीकरणको सहजता, नियमित माटो परीक्षण, अग्र्यानिक मल एवं अग्र्यानिक विषादीको व्यवस्था गर्न अनुरोधसमेत गरेका छन् ।

मन्त्रालयमा बसेर जिल्लाबाट पठाएका फाइल हेरेरभन्दा किसानको खेतबारीमा पुगेर देखेका समस्याबाट कार्यनीति बनाई कार्यक्रमको प्रभावकारी बढाउने योजनाका साथ आफूहरू गाउँगाउँ डुलेको परियोजना प्रमुख डा.नरहरिप्रसाद घिमिरेले बताए ।

तानसेनको मदनपोखरामा परियोजना लागू भएपछि तरकारीको पकेट क्षेत्र विस्तार भएको, उत्पादन, बजारीकरण, मूल्य निर्धारणजस्ता विषयमा केही प्राविधिक जटिलता देखिएकाले आगामी दिनमा सोहीअनुसार कार्यनीति बनाई काम गर्ने उनको भनाइ छ ।