काठमाडौं – प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्युपछि उत्पन्न भएको बिवादका कारण कालीकोटमा लगाइएको कर्फ्यु हटेको छ । गएको पुस ७ गते रातिबाट लगाइएको अनिश्चितकालीन कर्फ्यु सोमबारबाट हटाइएको हो ।


ADVERTISEMENT


७ गते प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि तनाव भएको कालीकोटमा सोही दिन (शुक्रबार) बाट नै कर्फ्यु लगाइएको थियो । घटनामा म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको थियो ।


ADVERTISEMENT

# # #


पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्ति व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेर आन्दोलन चर्काएपछि कर्फ्यु लगाइएको थियो ।

घटनाबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव मानबहादुर विकको संयोजकत्वमा सरकारले गठन गरेको समिति कालीकोट पुगेपछि कर्फ्यु हटाइएको हो ।