राहुल गुप्ता, वीरगञ्ज– स्ववियु निर्वाचन नजिकिएसँगै विद्यार्थी संगठन क्याम्पस सरसफाईमा जुटेका छन् । निर्वाचनलाई लक्षित गर्दै जिल्लाको नेपाल विद्यार्थी संघ ठाकुर राम बहुमुखी क्याम्पस इकाई समितिले मंगलबार क्याम्पस परिसरको सरसफाई गरेका छन् ।


ADVERTISEMENT


विद्यार्थी नेता सुधानसु प्रसाद चौरसियाको अध्यक्षतामा नेपाली कांग्रेस जिल्ला उप सभापति रामनारायण कुर्मी, अशोक गुप्ता, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति महमद सहाबुदिन, नगर अध्यक्ष मनिन्द्र लाल नेपाली (मडु) ठा.रा.ब क्याम्पस प्रमुख उमेश प्रसाद चौरसिया, क्याम्पसका लेखा प्रमुख गुन्जन सिंह लगायत नेवि संघ तथा नेपाली कांग्रेसका नेताहरुको उपस्थितीमा क्याम्पस परिसर सरसफाई गरिएको हो ।


ADVERTISEMENT

# # #


यसअघि सोमवार मात्रै अनेरास्ववियुले पनि सरसफाई गरेको थियो । स्ववियु निर्वाचन नजिकिएसँगै क्याम्पसका विद्यार्थी संगठनहरु सक्रिय देखिएका छन् ।