काठमाडौँ– कलाकार हरिवंशले प्रेमप्रसाद आचार्य ‘सन्तोष’ को आत्मदाहलाई लिएर आक्रोश व्यक्त गरेका छन् । आफ्नो धारणा सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै उनले आचार्यको आत्मदाह देशमा भएको चरम लापरवाही, आफ्ना नागरिकप्रति सरकारको जिम्मेवारबिहिन ब्यबहार र मक्किएको मानवता रहेको बताएका छन् ।


ADVERTISEMENT


’संसद भवन अगाडि प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नु देशमा भएको चरम लापरवाही, आफ्ना नागरिकप्रति सरकारको जिम्मेवारविहिन व्यवहार, सबै ठाउँमा मक्किएको मानवता तथा राज्य संचालकको कारण जनतामा छाएको नैराश्यताको क्रुर सन्देश पनि हो’, उनले लेखेका छन् ।


ADVERTISEMENT

# # #


‘अबपनि आफ्नो मात्र स्वार्थ नछोडे कहिले छोड्ने ?’ भन्ने प्रश्न गर्दै उनले भनेका छन्, ‘खसी काटेर मासुको भाग लगाएजस्तै कति पद र शक्तिको भाग लगाउने ? नेताहरुले आफ्नो स्वार्थ कहिले छोड्ने ? हामी सबैलाई चेतना होस् ।’