काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफू सरकारमा जानुलाई विकास र लोकतन्त्र भन्ने गरेको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


बुधबार ललितपुरको च्यासलस्थीत पार्टी कार्यालयमा आयोजित अनुशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कांग्रेसभित्र मुलुकको विकासका लागि कुनै छलफल नै नहुने भन्दै कांग्रेसले आफु सरकारमा जानुलाई विकास र लोकतन्त्र भन्ने गरेको बताएका हुन् । कांग्रेसको महाधिवेशनले समेत स्पष्ट विचार तय गर्न नसकेको आरोप लगाउँदै ओलीले पदाधिकारी छान्न मात्रै कांग्रेस केन्द्रित भएको उल्लेख गनरे ।


ADVERTISEMENT

# # #


ओलीले कांग्रेस नेतृत्वको सरकारले मुलुकको बिकास गर्न नसक्ने र अर्थतन्त्र समेत ध्वस्त पारेको बताए । उनले केही सामाजिक असन्तुष्टिलाई उपयोग गर्न खोलिएको पार्टीहरु मौसमी खालको भएको तर्क गरे । मौसमी खालका पार्टीहरु स्थायी नहुने र उनीहरुले देशको बिकास पनि गर्न नसक्ने ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले उदेश्यमा संगठित हुने पार्टी एमाले मात्रै भएको दाबी गरे । उनले सुखी नेपाली समृद्ध नेपालको नारालाई साकार पार्नका लागि नै एमालेले काम गर्ने स्पष्ट पारे ।