काठमाडौँ– निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवी लामिछाने नागरिकता बनाउन काठमाडौँको जिल्ला प्रशासन कार्यालय, बबरमहल पुगेका छन् । सर्वोच्च अदालतले शुक्रवार फैसला सुनाएपछि नागरिकता विहीन रवि आज नयाँ नागरिकताका लागि जिप्रका पुगेका हुन् ।


ADVERTISEMENT


रवि आउने जानकारी पाउने बित्तिकै जिप्रका परिसरमा भिडभाड जम्मा भएको थियो । हाल जिप्रका परिसर रविका कार्यकर्ता र सञ्चारकर्मीको उपस्थितीले घेरिएको छ ।


ADVERTISEMENT

# # #


शुक्रबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.  आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासले विदेशी नागरिकता त्यागिसकेपछि नेपाली नागरिकता लामिछानेले पुनर्प्राप्तीको लागि आवश्यक प्रक्रिया पूरा नगरेको भन्दै सांसद पद खारेज गर्ने फैसला गरेको थियो ।

यस्तै लामिछानेले पनि सांसद पद खारेज गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान र स्वीकार गर्ने बताएका थिए ।