काठमाडौं-नयाँ शक्ति पार्टी अध्यक्ष बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सोमबार बिहान ओलीलाई भेट्न बाबुराम बालकोट निवास पुगेको र ४५ मिनेट कुराकानी भएको छ । एमाले-माओवादी एकता र सत्तारोहणमा संशय बढ्दै जाँदा भट्टराईको बालकोट यात्रालाई अर्थपूर्ण ठानिएको छ ।


ADVERTISEMENT


‘नयाँ शक्तिसँग आबद्ध एक बुद्धिजीवीका अनुसार भट्टराईले ओलीलाई स्थिर सरकार र आर्थिक समृद्धिको एजेन्डाका लागि आफ्नो आवश्यकता खड्किएमा ‘सघाउन तयार रहेको’ सन्देश यसअघि नै पुर्‍याइसकेका छन् । भट्टराईले ओली भेटमा यसबारे कुनै कुरा नभएको दाबी गरे ।’


ADVERTISEMENT

# # #


‘बालकोट स्रोतले भट्टराईको पहलमा भेट भएको दाबी गर्दै गर्दा भट्टराईका सहयोगीले ओलीकै आग्रहमा भेट भएको जिकिर गरेका छन्,’ , ‘एमाले-माओवादी एकता र सत्तारोहणमा संशय बढ्दै जाँदा भट्टराईको बालकोट यात्रालाई अर्थपूर्ण ठानिएको छ ।’

असोज १७ गते वाम गठबन्धन घोषणा हुँदा ओली-दाहालसँगै उभिएका उनी केही दिनमै कांग्रेससँग मोर्चाबन्दी गरेर गृहजिल्ला गोर्खाको क्षेत्रनम्बर २ बाट चुनाव लड्ने निर्णयमा पुगेका थिए । नयाँशक्तिबाट चुनाव जित्ने उनी मात्रै हुन् ।