काठमाडौं-इन्धन भण्डारणको जग्गा खरिद अनियमितता आरोपमा कारबाहीमा परेका नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले पुनः निगममै फर्किन कसरत थालेका छन् ।


ADVERTISEMENT


भावी प्रधानमन्त्रीका रुपमा चर्चामा आएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर फर्किने वातावरण निर्माण गरिदिन आग्रह गरेका छन् ।


ADVERTISEMENT

# # #


खड्का केही दिनअघि ओलीलाई भेट्न निजी निवास बालकोट पुगेका थिए । खड्का ओलीलाई बधाई दिने बहानामा बालकोट पुगेर आफूलाई निगममै फर्केर काम गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको स्रोतको दाबी छ ।’

खड्काले विगतदेखि नै ओलीनिकट दलाल समूहसँग मिलेर काम गर्दै आएका छन् । ‘निगमको इन्धन भण्डारण जग्गा खरिदमा पनि उक्त समूहको संलग्नता छ, जसले मुलुकका विभिन्न व्यवसाय र क्षेत्रमा आफ्नो पहुँच बढाउँदै गएको छ ।’