काठमाडौँ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले उद्योगी व्यवसायीहरुलाई बचाउन सरकारले गम्भीर भएर लाग्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा बैंक तथा वित्तीय संस्थाविरुद्ध आज आयोजित सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष सिटौलाले देशको समृद्धि चाहनेको हो भने सरकारले उद्योगी व्यवसायीका समस्या सम्बोधन गर्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले बैँकको ऋण तिर्न नसकेर व्यासायीहरु आत्महत्या गर्ने अवस्थामा पुगेको बताउँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री विष्ण पौडेलले यसतर्फ विशेष ध्यान पुर्याउनुपर्ने बताए । साथै सिटौलाले उद्योगी व्यवसायीलाई डुबाएर आर्थिक उन्नती हुन नसक्ने जिकिर गर्दै भने, ‘सबै उद्योगी, व्यवसायीहरुलाई डुबाएर, सडकमा ल्याएर आफूले शासन चलाएर मात्रै देश बन्दैन ।’

उनले उद्योगी व्यवसायीहरुको हक र हितका लागि जस्तोसुकै आन्दोलनमा पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको साथ रहने जनाए ।