काठमाडौँ– निवर्तमान गृहमन्त्री रवि लामिछाने बालुवाटार पुगेका छन् ।


ADVERTISEMENT


लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका हुन् ।उनीहरूबीच मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।


ADVERTISEMENT

# # #


प्रचण्ड र लामिछानेबीच अदालतको निर्णयपछि उपनिर्वाचन र गृह मन्त्रालयलगायत समसामयिक राजनीतिबारे छलफल भएको थियो। यसअघि आइतबार साँझ पनि लामिछाने बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए।

अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकताका लागि पुनः प्रक्रिया नथालेको भन्दै सर्वोच्च अदालतले लामिछानेको गृहमन्त्री तथा सांसद पदसमेत बदर गरिदिएको थियो। सो निर्णयसंगै पदविहिन भएका उनले आइतबार नै जिल्ला प्रशासन कार्यालयबाट पुनः नागरिकता लिइसके पश्चात् उनलाई सोही दिन पुनः रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई सभापति चयन गरेको छ ।

रवि बाहिरिनेबित्तिनै अबको गृहमन्त्री को ? भन्ने विषयमा चौतर्फी प्रश्न उब्जिएको छ । यद्यपि लामिछाने गृहमन्त्री नरहे पनि गृह मन्त्रालय आफ्नै भागमा पर्ने दाबी गर्दै रास्वपाले पार्टीले गृहमन्त्रीमा अरू दलले दाबी गर्न नमिल्ने बताएको छ ।

तत्कालको लागि भने गृहमन्त्रालय प्रधानमन्त्री दाहालले नै सम्हालिरहेका छन् ।