काठमाडौं-दाङ तुलसिपुरका १४ बर्ष उमेरका ६ जना बालिका तीन दिनदेखि बेपत्ता भएका छन्। एकै पटक ६ जना बालिका बेपत्ता भएपछि आफन्तले मंगलबार प्रहरीलाई खोजिदिन आग्रह गरेका छन् ।


ADVERTISEMENT


ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरीक्षक रामबहादुर जिसीका अनुसार पुस ९ गते बिहान (आइतवार) देखि उनीहरू ६ जनै बेपत्ता भएको भन्ने जाहेरी अभिभावकले प्रहरीमा दिएका छन्।


ADVERTISEMENT

# # #


बेपत्ता हुनेमा तुलसीपुरको बसपार्क निवासी १४ वर्षीया कमला विक, सोही ठाउँकै १४ वर्षकै शर्मिला विक, वसपार्क निवासीनै १४ वर्षकै अन्जना गन्दर्भलगायत छन् ।

बेपत्ता ६ मध्ये अधिकांश स्कुलबाट घर नफर्किएको प्रहरी नायव निरीक्षक जिसीले जानकारी दिए । आइतबार बिहानै विद्यालयमा ट्यूसन पढन् जान्छौ भनि घरबाट हिँडेका छोरीहरु तीन दिनसम्म पनि सम्पर्क बिहिन हुँदा परिवारजन चिन्तित छन् ।

उनीहरु मध्ये कतिपयको झोला र विद्यालयको पोशाक कमला विकको घरमा फेला परेकोसमेत प्रहरीले जानकारी दिएको छ । अभिभावकले आशंका गरेका तुलसीपुरका केही होटेलमासमेत प्रहरीले छापा मारेर खोजी गरे पनि फेला नपरेको र उनीहरु बारे अनुसन्धान जारी रहेको प्रहरी नायव निरीक्षक जिसीले बताए ।

प्रहरीले बालिकालाई ललाई फकाई यौंन शोषण भएको हुनसक्ने आशंका गर्दै खोजी तीव्र पारेको जानकारी दिएको छ ।