काठमाडौं-एमालेसँगको एकता प्रक्रियामा असन्तुष्टि जनाउँदै आएका माओवादी केन्द्रका गोपाल किराँतीलगायतका नेताले छुट्टै पार्टी गठनको तयारी गरेका छन् ।


ADVERTISEMENT


पार्टी एकतामा जान नहुने र छुट्टै महाधिवेशन आयोजना गर्नुपर्ने माग गर्दै किराँती समूहले ‘आठौं महाधिवेशन आयोजक समूह’ गठन गरेको छ ।


ADVERTISEMENT

# # #


उक्त समूहका तर्फबाट मंगलबार अध्यक्ष पुष्पकमल दाहाललाई एमालेसँग एकता गर्न नहुने धारणासहितको ज्ञापनपत्र बुझाएको छ ।

केही गरी एकता प्रक्रियामा गए सम्बन्धविच्छेद गर्ने समूहले उल्लेख गरेको छ । किराँती समूहमा विश्वभक्त दुवाललगायत नेता छन् ।