काठमाडौं-सुकेधारामा रहेका सवारी चालक अनुमतिपत्र कार्यालयले नेपालीकरण (विदेशी लाइसेन्सलाई नेपालमा मान्यता दिने काम) का नाममा लाइसेन्स बिक्री गरेको भेटिएको छ ।


ADVERTISEMENT


यातायात व्यवस्था विभागले डेढ सातापहिले नेपालीकरण गरिएका लाइसेन्सको फाइल झिकाएर छानबिन गरिरहेका बेला गत साता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुकेधारा कार्यालयका दुई कर्मचारीलाई घुस लिँदै गर्दा पक्राउ गरेको थियो ।


ADVERTISEMENT

# # #


यससँगै उक्त कार्यालयले नेपालीकरणका नाममा लाइसेन्स बिक्री गर्ने गरेको पुष्टी भएको छ ।

विदेशी लाइसेन्स नेपालीकरणमा अनियमितता भएको उजुरीपछि विभागले सुकेधारा कार्यालयलाई प्राथमिकतामा राखेर अन्य सबै कार्यालयबाट नेपालीकरण गरिएको फाइल मगाएर छानिबिन सुरू गरिएको थियो ।