काठमाडौं-दक्षिण कोरियामा रोजगारी, अध्ययन, व्यावसाय लगायत विविध कारणले नेपाली वृद्धिसँगै ठगिका घटनामा नेपालीको संलग्नता पनि बढिरहेको छ ।


ADVERTISEMENT


नेपालीबाट नेपाली ठगिएको घटना बेला-बेलामा सार्वजानिक भइरहेपनि पछिल्लो समय ठगिको निशानामा कोरियन पर्ने गरेका छन् ।


ADVERTISEMENT

# # #


नेपालमा गएको महाभूकम्पका पीडितको नाम लिएर त्यसलाई ठगि खाने भाँडो बनाउने काम केही नेपालीबाट हुँदै आएको छ । केही महिनाअघि कोरियाको सडक र विश्वविद्यालयमा केही नेपालीले भूकम्प पीडितको नामा रकम संकलन गरेको घटना सार्वजानिक भएको थियो भने यसपाली एकनाथ ढकाल अध्यक्ष रहेको इन्टरनेशनल रिलिफ फाउण्डेशन(आइआरएफएफ) नामक संस्थाको नाममा दुर्इ जना नेपाली युवती र एक युवकले रकम संकलन गरेको भेटिएको छ ।

आन्याङको लोट्टे मल अगाडी कोरियनसँग सहयोग रकम मागिरहेको अवस्थामा प्रत्यक्षदर्शी नेपालीले फेला पारेपछि हेल्लोनेपालकोरिया डटकममा सप्रमाण सम्पर्क गरेका थिए ।

उनीहरुसँग सम्पर्क नम्बर माग्दा छैन भनेर ठाडो जवाफ दिएर भागेको प्रत्यक्षदर्शी बताएका छन् ।

यसैबीच नेपालस्थित आइआरएफको कार्यलयमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन । यसबारे सिउलस्थित नेपाली राजदूतावासमा पनि जानकारी गराइएको छ । दूतावासले त्यसबारे अनुसन्धान गरिने र कारबाहीका लागि प्रहरीसँग आग्रह गरिने बताएको छ ।