काठमाडौँ– सुविसु केवलनेटले अन्तराष्ट्रिय कम्पनी नोकिया सोलुसन्स एण्ड नेटवर्कसँगको सहकार्यमा फाइबर नेटवर्क विस्तार गर्ने भएको छ । बुधवार राजधानीमा भएको एक कार्यक्रममा सुविसु, नोकिया र नियोटेरिक नेपालबिच यसबारे सम्झौता भएको हो ।


ADVERTISEMENT


नेपाल अधिराज्यभरका घरघरमा ब्रोड ब्याण्ड इन्टरनेट विकास गर्नका लागि नेपाल सरकार तथा दुर संचार प्राधिकरणले देशमा संचालित टेलिकम अपरेटर तथा इन्टरनेट सर्भिस प्रोभाइडर कम्पनीहरुसँग सहकार्य गरिरहेको अवस्थामा सुबिसु केबलनेटलाई प्रदेश २ को ८ वटा जिल्लाहरुमा एफटीटीएच नेटवर्कको पूर्वाधार विकास गर्नको लागि प्राधिकरणले स्विकृती समेत प्रदान गरेको छ ।


ADVERTISEMENT

# # #


आफ्नो नेटवर्कलाई अझै सुदृढ बनाउन तथा गुणस्तरीय सेवा प्रदान गर्नको लागि सुबिसु केबलनेटले नोकियासँग गुणस्तरिय उत्पादनको लागि हातेमालो गरेको हो ।

सुबिसुले आफ्ना ग्राहकहरुलाई तुरुन्तै २.५ जिपिएस गतिको इन्टरनेट र भविष्यमा १० जिपिएस गतिको इन्टरनेट सेवा प्रदान गर्ने उदेश्य लिएको छ ।