काठमाडौं-पूर्वराजा ज्ञानेन्द्र शाह साताव्यापी निजी भ्रमणका लागि बिहीबार साँझ बाँकेको नेपालगञ्जमा आइपुगेका छन् । उनको स्वागतका लागि पूर्वपञ्च, शिव सेनाकाका साथै मेयर र उपमेयर समेत विमानस्थलमा पुगेका थिए । नेपालगञ्ज उपमहानगरका मेयर डा. धवलशम्शेर राणा, उपमेयर उमा थापामगर नेपालगञ्ज पुगेका हुन् । राणा राप्रपाबाट विजयी भएका हुन् र थापा कांग्रेसबाट ।


ADVERTISEMENT


शाह निकटका स्रोतका अनुसार शुक्रबार बिहान बाँकेमा रहेको पश्चिम क्षेत्रको हिन्दुहरुको धार्मिक क्षेत्र बागेश्वरी माताको दर्शन गर्ने कार्यतालिका छ ।


ADVERTISEMENT

# # #


पूर्वराजा आउने भएपछि बिहीबार बिहानैदेखि नेपालगञ्ज विमानस्थलको सुरक्षा व्यवस्थामा कडाइ गरिएको थियो । पारिवारिक रुपमा धार्मिक भ्रमण भनेपनि पूर्वराजाले बाँकेमा निर्माण सम्पन्न भएको एक होटल उद्घाटन गर्न बाँकेमा पुगेको बताइएको छ ।

हालै सञ्चालनमा आएको सोल्टी होटल एण्ड रिसोर्टको पूर्वराजाले नयाँ वर्षको अवसरमा उद्घाटन गर्ने कार्यक्रम छ । पूर्व राजपरिवारको लगानी रहेको भनिएको ८१ कोठे यो चारतारे होटल करिव ७० करोड लागतमा बनेको हो । पूर्वराजा शाहका साथमा पत्नी