काठमाडौँ – देशको तेस्रो उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ । शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा मतदान सम्पन्न भएसँगै मतगणना पनि सुरु भएको हो ।


ADVERTISEMENT


उपराष्ट्रपति पदका लागि ३ जना प्रतिस्पर्धामा रहेका छन् । उपराष्ट्रपतिका लागि नेकपा एमालेका तर्फबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार रहेकी छन् । यस्तै सत्तारुढ गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव आधिकारिक उम्मेदवार रहेका छन् भने जनमत पार्टीले पनि ममता झालाई उम्मेदवार उठाएको छ ।


ADVERTISEMENT

# # #


संघीय सांसद र प्रदेशसभाका सांसद मतदाता रहेको उपराष्ट्रपतिको निर्वाचनमा कूल खसेको मतको ५० प्रतिशत वा त्यो भन्दा बढी अत ल्याउने उम्मेदवारी विजयी घोषित हुन्छ । तर, दुई वा दुईभन्दा बढी उम्मेदवार रहेकाले कुनै पनि उम्मेदवारले पहिलो चरणमा ५० प्रतिशत मत पुर्याउन नसकेमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः निर्वाचन हुनेछ ।

निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता छन् । सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ कायम छ । राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था छ । नेपालको संविधानमा उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने उल्लेख छ ।