काठमाडौं-चितवनको नारायणगढ मुग्लिन सडक खण्डको कालीखोला नजिकै रहेको पुलको रेलिङ मंगलबार राति भाँचिदा दुईतर्फी यातायात सञ्चालनमा समस्या भएको छ ।


ADVERTISEMENT


इच्छाकामना गाउँपालिका-६ स्थित कालीखोला नजिकै रहेको पुल सांघुरो भएकाले एकतर्फी रुपमा यातायात सञ्चालन गरिएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक धर्म केसीका अनुसार रेलिङ लगाउने काम सुरु भएको र साँझ सम्म दुइतर्फी यातायात सुचारु हुने छ ।


ADVERTISEMENT

# # #


गाडीको टायरले पेलेर रेलिङ भाँचिएपछि ट्राफिक प्रहरी र प्रहरीको सहयोगमा रातिबाटै एकतर्फी यातायात सञ्चालन गरिएको हो । साना सवारीलाई सहज भएपनि ठूला सवारी साधनले गर्दा समस्या भएको छ ।

‘ पुल भासिएको हो भन्ने हल्ला गलत हो,’ उनले भने,‘ खोंचमा रहेको पुलको रेलिङ भाँचिएको हो, अहिले रेलिङ लगाउने काम भईरहेको छ ।’ सडक डिभिजन र नारायणगढ मुग्लिन सडक आयोजनाका कर्मचारी पुल सुचारु गर्न खटिएका छन् ।