काठमाडौं-माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेस र निर्वाचन आयोगले नयाँ सरकार गठनको बाटो लम्ब्याएको आरोप लगाएका छन् ।


ADVERTISEMENT


केही दिन सत्तामै बसिरहने कांग्रेसको चाहनालाई निर्वाचन आयोगले पनि अनेकौं बखेडा झिकेर साथ दिएको उनको आरोप थियो । निर्वाचन आयोगले प्रनितिधि सभा अन्तर्गत समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट संख्यामात्र घोषणा गरिदिए मात्र पनि सरकार गठनको मार्ग प्रशस्त हुने उनको भनाई रहेको थियो ।


ADVERTISEMENT

# # #


श्रेष्ठले आफुलाई लोकतन्त्रवादी भन्ने कांग्रेसले त्यही अनुसारको चरित्र देखाउन नसकेको उल्लेख गरेका छन् । फरक प्रसंगमा नेता श्रेष्ठले पार्टी एकता प्रक्रियालाई कुनै शक्तिले रोक्न नसक्ने दाबी समेत गरेका छन् । एकता प्रक्रिया भाँड्न विभिन्न शक्ति लागि परेको उल्लेख गर्दै उनले यस्ता तत्वलाई किनारा लगाउँदै एकता प्रक्रिया अघि बढ्ने बताएका छन् ।

बैचारिक हिसाबमा दुबै पार्टीले साझा बिन्दु पहिल्याएपनि केही सैद्धान्तिक बिषयमा सामान्य मतभेद रहेको नेता श्रेष्ठको भनाई थियो । दुबै पार्टीको एकता संयोजन समितिले यी बिषय टुङ्ग्याउन पहल गरिरहेकाले प्रक्रिया केही लम्बिनसक्ने उनले संकेत गरेका छन् ।

उनले निर्वाचनका क्रममा गठबन्धनले जनाएका प्रतिबद्धता जुनसुकै हातलमा पुरा गरिछाड्ने दृढता ब्यक्त गरेका छन् ।