काठमाडौं-माओवादी केन्द्रको हेडक्वार्टर बैठक आज बस्दैछ ।


ADVERTISEMENT


पार्टी एकता, नयाँ सरकार गठन, राष्ट्रिय सभा निर्वाचन लगायत समसामयिक बिषयमा छलफल गर्न बैठक बस्न लागेको सो पार्टीका नेता अग्नी सापकोटाले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


हिजै बस्ने तय भएपनि नेताहरुको कार्यव्यस्तताका कारण बैठक आज दिउँसो १ बजेका लागि सारिएको थियो ।

ललितपुरको खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा बस्ने बैठकमा एकता संयोजन समितिले गरिरहेको गृहकार्य र समितिको बैठक लगायतका बिषयमा पनि छलफल हुने नेता सापकोटाले जानकारी दिए ।

त्यस्तै सत्ता हस्तान्तरणमा नेपाली कांग्रेसले गरेको आलटाल र निर्वाचन परिणाम घोषणा गर्न निर्वाचन आयोगले गरेको ढिलाई सम्बन्धमा पनि छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।