काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारबाही गरेका प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठको सांसद पद तत्कालका लागि कायमै रहने भएको छ ।


ADVERTISEMENT


सोमबार सर्वोच्चका न्यायाधीश न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सांसद श्रेष्ठलाई कारबाही गर्नुको कारण माग गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । यस्तै सर्वोच्चले छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश समेत गरेको छ । यससँगै मुद्दाबारे अन्तिम आदेश नआएसम्मका लागि रास्वपाले श्रेष्ठलाई गरेको कारबाही कार्यान्वयन नहुने भएको हो ।


ADVERTISEMENT

# # #


मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्नका लागि २ करोड रुपैयाँ घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक गरेपछि रास्वपाले गत चैत्र २९ गते श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी सांसद पदबाट हटाएको थियो ।

समानुपातिक सूचिबाट सांसद बनेका श्रेष्ठको ठाउँमा रास्वपाले विन्ध्यावासिनी कंशाकारलाई निर्वाचित गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णयविरुद्ध न्याय माग गर्दै श्रेष्ठ सर्वोच्च अदालत पुगेका थिए ।