काठमाडौं-प्रादेशिक राजधानीको माग राख्दै धनकुटामा तीन दिनदेखिको आमहड्तालले यहॉको जनजीवन कष्टकर बनेको छ । प्रदेश नं.१ को राजधानी धनकुटा हुनुपर्ने माग राख्दै स्थानीयबासीले आमहड्ताल आव्हान गरेका हुन् । प्रादेशिक राजधानीको माग राख्दै धनकुटामा तीन दिनदेखिको आमहड्तालले यहॉको जनजीवन कष्टकर बनेको छ ।


ADVERTISEMENT


प्रदेश नं.१ को राजधानी धनकुटा हुनुपर्ने माग राख्दै स्थानीयबासीले आमहड्ताल आव्हान गरेका हुन् । विगत एक महिनादेखि आन्दोलनमा उत्रिएका धनकुटाबासीले आन्दोलनलाई थप सशक्त बनाउ‘ने भन्दै यातायात तथा बजार पसल ठप्प पारेका छन् । जसका कारण त्यहॉको जनजीवन प्रभावित बनेको छ ।


ADVERTISEMENT

# # #


बन्दका कारण कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा यातायाट ठप्प रहेको छ । मोटरसाइकल समेत चल्न दिइएको छैन ।

धनकुटाको मुलघाट, हिले, सिधुवा लगायतका स्थानमा अलपत्र परेका सवारी साधन गए राति सुरक्षाकर्मीको पहलमा गन्तव्यमा पठाएको प्रहरीले जनाएको छ । तर धनकुटाबाट भोजपुर, संखुवासभा, तेह्रथुम जिल्लातर्फ सञ्चालन हुने सवारी साधन नियमित बन्न नसक्दा सर्वसाधारणले सास्ती खेप्न वाध्य छन् ।

आन्दोलनकारीले हिजो पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा तालाबन्दी गरेका थिए । उनीहरु आजपनि बिहानैदेखि धनकुटाका जीरो प्वाइन्ट, आत्मारा ढाट, देब्रेबास, कागते लगायतका स्थानमा प्रदर्शन थालेका छन् ।

राणाकालदेखि हालसम्म मुख्य प्रशासनिक थलोको रुपमा रहेको धनकुटामा पर्याप्त भौतिक पुर्वाधार रहेपनि प्रादेशिक राजधानी अन्यत्र तोक्न लागेको भन्दै विरोधमा उत्रन वाध्य भएको आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए ।

यसैबिच प्रतिनिधिसभा सदस्य राजेन्द्र राईले प्रादेशिक राजधानीको टुंगो प्रदेशसभाले लगाउने भए पनि अस्थायी मुकाम भने धनकुटालाई तोकिनु पर्ने बताएका छन् । उनले विज्ञप्ति जारी गर्दै सरकारले अस्थायी मुकामको लागि धनकुटालाई उपेक्षा गर्न नहुने उल्लेख गरेका छन् । राईले जारी आन्दोलनलाई शान्तिपूर्ण बनाउन आन्दोलन पक्षसँग अपिल गरेका छन् ।