काठमाडौं– आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक अनिश्चित भएको छ । आजको मन्त्रिपरिषद बैठकले सातवटै प्रदेश प्रमुखको नियुक्ति गर्ने भनिएपनि बैठक बस्ने अनिश्चिततासँगै प्रमुखको नियूक्ति पनि अन्यौलमा परेको हो ।


ADVERTISEMENT


प्रधानमन्त्रीका प्रेश संयोजक गोविन्द परियारले मन्त्रिपषिद बैठक १२ बजेसम्म नवोलाइएकाले आज बस्ने सम्भावना कम रहेको बताए । ‘अहिलेसम्म बैठक बोलाइएको छैन, सायद आज बस्दैन होला’ संयोक परियारले बताए ।


ADVERTISEMENT

# # #


सरकारले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी मुकाम तोक्न यसिअघि दलहरुसँग गरेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि सरकार यस विषयमा निर्णय गर्न हच्किएको छ । प्रदेश राजधानी माग्दै भएको आन्दोलनपछि तत्काल राजधानी नतोक्ने मनस्थिति बनाएको सरकारले प्रमुख नियुक्ति गर्ने तयारी गरेको थियो ।

सरकारको यस्तो तयारीप्रति एमालेलगायतका बाम गठबन्धनले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम एकैपटक तोक्नुपर्ने धारणा सार्वजनक गरेको छ ।