काठमाडौं-डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरी रातारात हिरासतमा राखेकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुष्टि व्यक्त गरेका छन् । प्रहरीले आफूलाई थाहै नदिई डा। केसीलाई गिरफ्तार गरेको प्रधानमन्त्री देउवाको गुनासो छ ।


ADVERTISEMENT


‘प्रधानमन्त्रीज्यूलाई थाहै नदिई डा. केसीलाई पक्राऊ गरियो,’ प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले भने, ‘डा. केसीलाई त्यसरी अपराधीलाई जस्तै गरेर पक्राउ गरिएकोमा प्रधानमन्त्रीज्यू असन्तुष्ट हुनुहुन्छ ।’


ADVERTISEMENT

# # #


प्रधानमन्त्री देउवाको भनाइ उधृत गर्दै परियारले अगाडि भने, ‘डा केसीलाई भोलि बिहान ९ बजे अदालतमा उपस्थित हुन सर्वोच्चले भनेको अवस्थामा राति नै पक्राऊ गर्न कुनै जरुरी थिएन, बिहान ९ बजे उहाँ आफैं अदालत जान सक्नुहुन्थ्यो ।’

डा. केसीको गिरफ्तारीबारे जानकारी नभएको बताउने प्रधानमन्त्री देउवा आफैं गृहमन्त्रीसमेत हुन् । तर, डा. केसीलाई पक्राउ गर्नुअघि आइजीपी वा अरू कुनै पनि प्रहरी अधिकारीले आफूलाई जानकारीसम्म नदिएको देउवाको गुनासो छ ।

प्रधानमन्त्री देउवाले यसबारे आइजीपी प्रकाश अर्याललाई पनि सोधखोज गरेको र डा. केसीलाई सकेसम्म तत्काल रिहा गर्ने पहल थालेको प्रेस संयोजक परियारले संकेत गरे ।