काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शन नगर्न आग्रह गरेको छ ।


ADVERTISEMENT


आइतबार महानगर प्रहरीको टोली बिभिन्न हलहरुमा पुगेर सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन नगर्न आग्रह गरेको हो । सो क्रममा महानगर प्रहरीले सोमबारदेखि नेपाली फिल्म मात्रै प्रदर्शन गर्न आग्रह गरेको थियो । यसअघि आइतबार नै काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शन गर्न नदिने बताएका थिए ।


ADVERTISEMENT

# # #


महानगरपालिकाका प्रमुख साहको निर्देशनपछि नगर प्रहरीले सबै हलमा पुगेर भारतीय फिल्म प्रदर्शन नगर्न आग्रह गरेका हुन् । सो क्रमम हल सञ्चालकहरुले महानगरको निर्देशनलाई पालना गर्ने प्रतिवद्धता जनाएका छन् ।

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन’ भन्ने वाक्यलाई भारतमा सच्याउन मेयर साहले फेसबुक स्टाटसमार्फत तीन दिनको समय दिएका थिए । आइतबार बेलुकासम्म फिल्म निर्माताले भारतमा उक्त संवादलाई नचसच्चाएको महानगरले जनाएको छ ।