बाजुरा– हिमाली भेगमा रहेका विभिन्न प्रजातिका जडीबुटी संकलन गरी निकासी पैठारी गर्न थालिएको छ ।
हिमाली क्षेत्रमा पाइने सुगन्धवाल, पाषणभेद, च्याउ, चिराइतोलगायतका प्रजातिका जडीबुटी संकलनका लागि ठेकेदारलाई अनुमति दिएर जडीबुटी पैठारी गर्न लागेको जिल्ला वन कार्यालयले जनाएको छ ।


ADVERTISEMENT


चालु आर्थिक वर्ष २०७४/७५ मा हरेक मौसममा फरकफरक प्रजातिका जडीबुटी संकलन गर्न अनुमति लिइ निकासी समेत भइसकेको निमित्त जिल्ला वन अधिकृत मनकुमार छन्त्यालले जानकारी दिए । हिमाली गाउँपालिकाको बिच्छ्या र रुगिन तथा गौमुल गाउँपालिकाकोे दहकोटलगायत क्षेत्रबाट जडीबुटी संकलन गर्ने गरिएको छ ।


ADVERTISEMENT

# # #


मंसिरसम्म १३ प्रजातिका जडीबुटी संकलन भई निकासी भइसकको छ । एउटा जातको जडीबुटी छदेखि आठजना ठेकेदारले संकलन तथा निकासीको अनुमति लिने गरेका छन् । सेतक चिनी एक हजार १९ क्विन्टल, साधारण च्याउ ३० क्विन्टल र टिमुर २१ क्विन्टल संकलन गरी नेपालगञ्ज पठाइएको छ ।

यसैगरी, चिराइतो १२ क्विन्टल ५० किलो, काँकडसिंगी ८०० किलो, सुगन्धवाल ५०० किलो, पदमचाल ५०० किलो, कटुकी ४०० किलो, सुनाखरी सुनगाभा १०० किलो तथा सफेज दुई हजार ७०० किलो संकलन तथा निकासी गरिएको छ ।

जिल्ला वन कार्यालयले काला दाना ४०० किलो, लोक्ता ५० क्विन्टल र अल्लो एक हजार किलो निकासी गरेको छ । सामुदायिक वन र राष्ट्रिय वनबाट उक्त प्रजातिका जडीबुटी संकलन गर्न पाउने प्रावधान छ । राष्ट्रिय वनबाट संकलन गरिएका जडीबुटीको प्रतिकिलो १० प्रतिशत र सामुदायिक वनलाई प्रतिकिलो ७५ पैसाका दरले राजश्व तिर्नुपर्ने प्रावधान रहेको निमित्त वन अधिकृत छन्त्यालले बताए ।