काठमाडौं-अमेरिकाको क्यालिफोर्नियामा वर्षासँगै गएको लेदोसहितको पहिरो आउँदा त्यसमा पुरिएर कम्तिमा १३ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


लगातारको वर्षसँगैको बाढी तथा लेदोसहितको पहिरोका कारण दक्षिणी क्यालिफोर्नियामा मानवीय क्षति भएको अधिकारीहरुले जनाएका छन् ।


ADVERTISEMENT

# # #


क्यालिफोर्नियाको मोन्टेसिटोमा लेदोसहितको पहिरो गएको थियो । पहिरोमा पुरिएर कम्तिमा २५ जना घाइते भएका छन् । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धारको काम भइरहेको सरकारी अधिकारीले बताएका छन् । पहिरोले सबैभन्दा धेरै क्षति मोन्टेसिटोमा पुगेको छ । पहिरोले साना सवारी साधनहरु समेत बगाएको तथा सडकहरु अवरुद्ध भएका छन् ।