काठमाडौं-निर्वाचन आयोगमा बुधबार अपराह्न मतगणना भइरहेको थियो । मेञ्चमा मत गणना गर्नेहरू थिए भने त्यसको ठीक तल उम्मेदवारहरू लहरै कुर्सीमा बसेर कागजमा आफू र आफ्ना प्रतिस्पर्धीले पाएको मत टिपिरहेका थिए । टेबलमा दुई रङका मतपेटिका थिए । लहरै प्रदेशअनुसारका उम्मेदवार पनि ।


ADVERTISEMENT


जितिन्छ कि हारिन्छ ? मतगणनास्थलमा उम्मेदवारहरू उत्सकुताका साथ बसिरहेका थिए । गणनास्थलमै तत्काल प्राप्त मत कोटाभन्दा थोरै पाए पनि मत संक्रमण गर्दा उम्मेदवार विजयी भए।


ADVERTISEMENT

# # #


बराबर मत पाएकालाई तत्कालै गाई र त्रिशूल विधि (गोला) विधिबाट निर्वाचित घोषणा गरियो । विजयीलाई बधाई पनि ज्ञापन गरियो । बन्द कोठाभित्रै तात्तातै जनमत बुझ्ने कामप्रति सबैको उस्तै उत्साह देखिन्थो ।

स्थानीय तह र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भइसकेपछि पनि आयोगमा तीन दिनयता यसरी मतणना भइरहेको छ । एकल संक्रमणीय विधिबाट मतगणना कसरी गर्ने भन्नेबारे कर्मचारीलाई ज्ञान दिन आयोगमा भइरहेको तालिम रोचक थियो । मतदाता र गणक गरी दुई दर्जन कर्मचारीलाई यस्तो विधिको बारेमा आयोगका विज्ञ देवेन्द्रलाल काररञ्जितले तीन दिनयता सिकाइहेका छन् ।

एकल संक्रमणीय प्रणालीमा कसरी मत हालिन्छ र कसरी गणना गरिन्छ भन्नेबारे धेरै अनविज्ञ छन् । त्यही कारण पनि अगामी माघ २४ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि आयोगले एकल संक्रमणीय विधिबाट निर्वाचन गराएरै गणना विधिबारे बुझाउने काम गरिरहेको प्रवक्ता नवराज ढकालले बताए ।

तथ्यांक विभागका कर्मचारीलाई मतगणना कसरी गर्ने र मत कसरी टन्सर्फर गर्ने आदि विधिबारे राम्रोसँग बुझाउने काम भइरहेको छ ।

कर्मचारी पनि यस्तो तरिकाबारे जिज्ञासु देखिन्थे । तथ्यांकशास्त्रमा ज्ञान भएकाले मात्रै यसलाई राम्रोसँग प्रयोग गर्न र बुझाउनसक्ने भएकाले पनि तथ्यांक विभागकै कर्मचारीलाई मतगणनामा समावेश गर्न लागिएको आयोगको भनाइ छ । ‘यो नौलो विधि भएकाले पहिले जनशक्तिलाई बुझाउन जरूरी छ ।

अनि मात्रै उनीहरूले अरूलाई बुझाउन सक्छन्’, ढकालले भने ।-आजको अन्नपूर्ण पोस्टबाट