काठमाडौं-प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटाबासीले आज पनि धनकुटा बन्द आव्हान गरेका छन् ।


ADVERTISEMENT


धनकुटालाई प्रदेश नं.१ को राजधानी तोकिनुपर्ने माग राख्दै आन्दोलनरत स्थानीयले एक महिना अघिदेखि चरणबद्ध आन्दोलनका गतिविधि गर्दै आएका छन् ।


ADVERTISEMENT

# # #


लगातार ६ दिनसम्म आमहड्ताल गरिएको धनकुटामा विगत २ दिन अघिदेखि आन्दोलनको स्वरुप बदलिएको थियो । तर आज पुन: बन्द आव्हान गरिएपछि जनजीवन प्रभावित बनेको छ ।

बन्दका कारण धरान धनकुटा सडक खण्डमा बिहानैदेखि यातायात चलेका छैनन् । बिहानैदेखि बन्दकर्ताले धनकुटाको जीरो प्वाइन्ट, आत्मारा ढाट, देब्रेबास लगायतका स्थानमा सडकमा सवारी साधन रोकेका छन् ।

सरकारले भने प्रदेशको अस्थायी मुकाम नतोक्ने निर्णय गरिसकेको छ ।