स्वयम्वरको औँठीलाई प्रेमको प्रतिक मान्ने गरिन्छ । यस्तो प्रतिज्ञा तथा बाचा जसलाई दुइजना मानिसले एक अर्काप्रति समर्पण गर्दछन् । एक बन्धन जसलाई जीवनभर कायम राख्ने कसम सँगै पहिरिन्छ ।


ADVERTISEMENT


तर के तपाइँले थाहा छ, स्वयंवरको औँठी किन सधै साहिँली औँलामा मात्रै किन लगाइन्छ ? कतिपय फिल्ममा देखाइन्छ की साहिँली औँलाको सम्बन्ध सिधै मुटुसँग हुन्छ, त्यसैले साहिँली औँलामा औँठी लगाउँदा त्यसलै सिधै मुटुमा प्रभाव पार्दछ । तर के यस्तो मान्यता सत्य हो त रु वा साहिँली औँलामा औँठी लगाउनुका अन्य कारण छन् ? यसबारेमा जानौँ ।


ADVERTISEMENT

# # #


रोम सभ्यताको मान्यता अनुसार

हातको साहिँली औँलामा औँठी लगाउनुका पछाडि रोम सभ्यताको एक मान्यता रहेको छ । यो मान्यता निकै पूरानो हो । साहिँली औँलाबाट एउटा स्नायु सिधै मुटुसम्म पुगेको हुन्छ भन्ने मान्यता रोममा छ । त्यसैले औँठी आफुले लगाउन वा प्रियतमलाई लगाइदिनका लागि यहीँ साहिँली औँलाको प्रयोग गर्ने चलन रोम सभ्यताको सुरुवात देखि नै चलिआएको हो । यो सबैभन्दा पूरानो र लोकप्रिय मान्यता हो ।

चिनिया मान्यता अनुसार

चिनिया मान्यता अनुसार हाम्रो हातका हरेक औँलाले कुनैे एक सम्बन्ध दर्शाउँछन् । सोही अनुरुप हातको साहिँली औँला आफ्नो पार्टनरका लागि समर्पित हुन्छ । त्यस्तै बुढी औँला आमाबुवाका लागि, चोर औँला भाइ बहिनीका लागि, माझी औँला आफ्नै लागी र कान्छी औँला आफ्ना सन्तानका लागि भएको मान्यता चीनमा छ ।