काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा काठमाडौँ महानगरपालिकाले डोजर चलाउने भएको छ । राप्रपा कार्यालय भवन हाइटेन्सन लाइनमुनि बनेकाले सोमाथि महानगरले आजै डोजर लगाउने जानकारी प्राप्त भएको हो । यसका लागि केहीबेर अघि मात्रै राप्रपा कार्यालयतर्फ नगर प्रहरीको ठूलो टोलीसहित डोजर मुभ भइसकेको छ ।


ADVERTISEMENT


महानगरले यसअघि नै राप्रपा कार्यालय भवन हाइटेन्सन लाइनमुनि बनेको जानकारी दिदैँ खाली गर्न आदेश दिएको थियो । यसका लागि महानगरले आइतबारसम्मको अल्टिमेटम दिइएको थियो ।


ADVERTISEMENT

# # #


यता महानगरले डोजर ल्याउन लागेको सूचनासँगै राप्रपा कार्यकर्ताहरु केन्द्रीय कार्यालयमा भीड लागेका छन् । डोजरलाई अवरोध गर्ने तयारीसहित सवारीसाधनहरु तेर्स्याइएको छ । नगर प्रहरी र राप्रपा कार्यकर्ताबीच मुठभेड हुनसक्ने सम्भावना पनि देखिन्छ । सोको पूर्व तयारी अनुरुप नै झण्डै ३०० महानगर टोलीको समूह त्यसतर्फ गएको बुझिएको छ ।

यद्यपि राप्रपाले उक्त स्थान आफैँ खाली गर्ने प्रस्ताव राखी समय माग गरेमा उक्त कार्य सहमतिमै पनि हुनसक्ने देखिएको छ ।