काठमाडौँ– खोटाङ राजापानीका दिनेश सुनारले एक मिनेटमा १८ पटक ट्वीस्टिङ व्याकफिलिप्स् गरेर विश्व किर्तीमान कायम गरेका छन् ।


ADVERTISEMENT


मस्ट ट्विस्टिङ व्याक फिलिप्स अफ द वाल इन वन मिनट’ टाइटलमा उनले गिनिज बुक अफ वल्र्ड रेकर्ड दर्ता गराएका हुन् । यो विषयमा गिनिजबुकमा नाम दर्ता गराउने दिनेश पहिलो व्यक्ति भएका छन् ।


ADVERTISEMENT

# # #


गिनिज बुक अफ वल्र्ड रेकर्ड दर्ता गराउनका लागि एक मिनेटमा न्युनतम १५ पटकसम्म ट्विस्टिङ गर्नुपर्ने भएपनि उनले १८ पटकसम्म गरेका छन् ।

नाम दर्ता गराएसंगै उनलाइ अमेरिकाले प्रशिक्षकमा बोलाएको छ।

राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको बधाई तथा बिदाइ कार्यक्रममा सदस्य सचीव केशव बिष्टले बधाई प्रमाणपत्र तथा प्रोत्साहन स्वरुप २५ हजार नगद सहयोग गरेका थिए । उनले नेपाल र नेपाली जनताको शिर उच्च बनाइदिएकोमा दिनेशलाई धन्यवाद दिए। खोटाङमा जन्मेर अमेरिकामा प्रशिक्षक भएकोमा खोटाङेँ जनता र नेपालीहरुको इज्जत र प्रतिस्ठा बढेको सदस्य सचीव केशव बिष्टले बताए ।

उक्त कार्यक्रममा परिषदका प्रशिक्षक तथा अनेरास्ववियुका पुर्ब विद्यार्थी नेता महेन्द्र राई , युवा संघ नेपालका नेता प्रभात बिक्रम कटबाल लगायतको उपस्थिति रहेको थियो।

हेर्नुस् दिनेशले राखेको किर्तीमानको भिडीयो :