काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको विकास र समृद्धिको लागि आफूलगायत वाम गठबन्धनमा जोडिएका नेताहरु अगाडि बढ्ने संकल्पको साथ अगाडि बढेको बताएका छन् ।


ADVERTISEMENT


सोमबार राजधानीको गोकर्णेश्वर नगरपालिकामा आयोजित चौथो तारेभिर महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । दाहालले भने ‘जनताको समस्या र मुलुकको समृद्धिलाई सम्बोधन गरेर मुलुक नयाँ युगतिर जाओस भनेर नै हामीले वाम गठबन्धन बनाएका हौं । हामीले चुनावमा जनतासामु गरेका प्रतिज्ञा र संकल्पअनुसार म, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा अन्य नेताहरुले नेपाली जनताको आकांक्षाअनुसार अगाडि बढ्ने संकल्प गरेक छौं । कुनै पनि मूल्यमा पछाडि फर्कने संकल्प गरेका छैनौं ।’


ADVERTISEMENT

# # #


नेपालका कम्युनिष्ट शक्तिहरु एक हुन् भनेर नै चुनावमा नेपाली जनताले आफूहरुलाई जिताएको पनि उनले बताए । दाहालले ७० वर्षपछि मुलुकमा स्थायी सरकार आफूहरुले लिन लागेको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका दाहालले प्रदेश सरकार नबनेकाले स्थानीय सरकारले राम्रोसँग काम गर्न नपाएको जिकिरसमेत गरे ।