काठमाडौं-इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले स्टोक सिटीमाथि शानदार जित हात पारेको छ । सोमबार राति भएको खेलमा युनाइटेडले स्टोक सिटीलाई ३–० गोलअन्तरले हराउँदै लिगमा म्यान्चेस्टर सिटीसँगको अंक दूरी १२ मा झारेको छ।


ADVERTISEMENT


आफ्नो घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जिताउन एन्टोनियो भ्यालेन्सिया, एन्थोनी मार्टियल र रोमेलु लुकाकुले गोल गरे। सुरुवातदेखि दबाब बनाएको युनाइटेडले खेलको नवौं मिनेटमा एनटोनी भ्यालेन्सियाको गोलबाट अग्रता लिएको थियो । खेलको ३८औं मिनेटमा मार्टियलले गोल गर्दै युनाइटेडलाई दोब्बर अग्रतामा पुर्‍याएका थिए। पहिलो हाफमा म्यान्चेस्टर युनाइटेड २–० गोलअन्तरले अघि रहेको थियो ।


ADVERTISEMENT

# # #


पहिलो हाफमा २–० गोलअन्तरले पछि परेको स्टोक सिटीले दोस्रो हाफमा पनि राम्रो प्रदर्शन गर्न सकेन। दोस्रो हाफमा स्टोक सिटीले थप १ गोल खान पुग्यो । खेलको ७२ औं मिनेटमा लुकाकुले गोल गर्दै युनाइटेडलाई ३–० गोलको जित दिलाएका हुन् । जितसँगै शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीसँगको अंक दूरी १२ मा झारेको छ। म्यान्चेस्टर सिटीको २३ खेलबाट ६२ अंक रहेको छ भने जितपछि समान २३ खेलबाट म्यान्चेस्टर युनाइटेडको ५० अंक भएको छ ।

पराजित स्टोक सिटीको भने २३ खेलबाट २० अंक रहेको छ। लिगमा तेस्रो स्थानमा भने लिभरपुलको २३ खेलबाट ४७ अंक छ । त्यस्तै, चौथो र पाँचौ स्थानमा रहेको चेल्सीको पनि समान ४७ अंक छ। पाँचौ स्थानमा रहेको टोटनह्यामको ४४ अंक छ।