काठमाडौं-फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) र नान्टेसबिचको नान्टेसका खेलाडीलाई खुट्टाले हानेका रेफ्री निलम्बनमा परेका छन् । रेफ्री टोनी चाप्रोनले आफूले खराब तरिकाले प्रतिक्रिया दिएको स्वीकार गर्दै गल्ती स्वीकार गरेका छन् ।


ADVERTISEMENT


फ्रेन्च फुटबल एसोसिशन रेफ्री टोनीलाई थप अनुसन्धान नहुने बेलासम्मका लागि निलम्बित गरेको छ ।


ADVERTISEMENT

# # #


रेफ्रीले नान्टेसका अल्झिएर लडेका खेलाडीलाई खुट्टाले हानेर रातो कार्ड देखाएका थिए । खेलको इन्जुरी समयका नान्टेसका डिफेन्डर डिएगो कार्लोस र रेफ्री टोनी चाप्रोन ठोक्किएका थिए ।

कार्लोससँग ठोक्किएका रेफ्री चाप्रोन पनि मैदानमा लडे । उनले उठ्दै गर्दा अवस्थामा नान्टेसका डिफेन्डर कार्लोसलाई खुट्टाले हाने अनि खेलमा पहिले नै एउटा पहेँलो कार्ड पाएका कार्लोसलाई दोस्रो पहेँलो कार्ड देखाए । त्यसपछि गोजीबाट रातोकार्ड निकालेर देखाए ।

मैदानमा झुक्किएर ठोक्किएर लडेका रेफ्री आफैले खेलाडीलाई हिर्काउने अनि रातो कार्ड देखाउने गरेका हुन् ।

https://youtu.be/j44B4cp1ixI