काठमाडौं – आजदेखि काठमाडौंका मुख्य भित्री शहर (कोर सिटी एरिया)मा चार पांग्रे र त्योभन्दा ठूला सवारी प्रवेश निषेधको घोषणा गरिएको छ ।


ADVERTISEMENT


ठमेल र पशुपतिनाथ क्षेत्रपछि अब असनसतिहको भित्री शहरमा चारपांग्रे र त्यो भन्दा ठूला गाडी प्रवेश गर्न निषेध गरिएको हो ।


ADVERTISEMENT

# # #


भित्री शहरमा सवारीको चापले परेको असरहरु कम गर्न चारपांग्रे गुडाउन लगाउन लागिएको काठमाडौं महानगरपालिकाका प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिए । कामपाले वडा नं. १७, १८, १९, २२, २४, २५ र २७ का भित्री क्षेत्रभित्रका सम्पदालाई बचाउन सो निर्णय गरिएको बताउँदै उनले भने, ‘सम्पदाको संरक्षण गर्ने कार्य एकातिर छ भने अर्कोतर्फ बाटो साँघुरो, सर्वसाधारणको चाप बढी हुने भएकाले दुर्घटना पनि हुने गरेको छ, त्यसलाई नियन्तत्रण गर्न आवश्यक छ ।’

आजदेखि इन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेडासिंह, ज्याथाबाट त्यौड, ठहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट बन्टुमा चार पांग्रे सवारी चल्न पाउने छैनन् । भोटाहिटीबाट असनचोकसम्म दुवैतर्फी सडकमा चार पाङग्रे सवारी चलाउन पनि पाइने छैन ।

नरदेवीबाट भेडासिंह हुँदै इन्द्रचोकसम्म वान(वे) गरिएको छ । टेंगालबाट बाङ्गेमुढा हुँदै भेडासिंह, इन्द्रचोक पनि एकतर्फी गरिएको छ । क्षेत्रपाटीबाट ठहिटी हुँदै नघःल बांगेमुढा भेडासिंह हुँदै इन्द्रचोकसम्म वान(वे) गरिएको छ ।

दुईपांग्रे सवारीलाई भने यो नियम लागू गरिएको छैन । नियम नमान्ने सवारी चालकलाई ५ सय देखि १ हजार रुपैयाँसम्म जरिवना लगाउने ट्राफिक प्ररीले जनाएको छ ।