काठमाडौं-स्पेनलाई पछि पार्दै ब्राजिल संसारकै सबैभन्दा महँगो राष्ट्रिय फुटबल टिम भएको छ । केही दिनअघि मात्र लिभरपुलका स्टार प्लेमेकर फिलिपे काउटिन्हो बार्सिलोनामा अनुबन्धित भएपछि ब्राजिलले स्पेनलाई उछिनेको हो ।


ADVERTISEMENT


विश्वकै दोस्रो सर्वाधिक मूल्यमा बार्सा गएका उनीमाथी क्लबले १४२ मिलियन पाउण्ड खर्चिएको थियो।


ADVERTISEMENT

# # #


यसअघि गत सिजन बार्सिलोनाले २०० मिलियन पाउण्डको विश्वकिर्तिमानी रकममा अर्का ब्राजिलियन स्टार नेयमारलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा बेचेको थियो। उता काउटिन्हो यति महँगो मूल्यमा क्याम्प नोउ आए लगत्तै ब्राजीलको पहिलो रोजाईको (स्टार्टिङ इलेवन) राष्ट्रिय फुटबल टोलीको मूल्य करिब ५३० मिलियन युरो पुगेको छ ।

यसअघि ५२० मिलियन युरो मूल्यका साथ स्पेनको पहिलो रोजाईको राष्ट्रिय फुटबल टोली शीर्ष स्थानमा थियो। त्यस्तै ५१० मिलियन युरोका साथ बेल्जियम तेस्रो स्थानमा छ ।

त्यसैगरी फुटबल ट्रान्सफर वेबसाईट ट्रान्सफरमार्केटका अनुसार समग्र खेलाडीसहितको सबैभन्दा महँगो राष्ट्रिय टोली पनि ब्राजील नै बनेको छ । समग्रमा गरेर ब्राजिल राष्ट्रिय फुटबल टोलीको बजार मूल्य ७९० मिलियन पाउण्ड छ।