काठमाडौं-‘गाउँमै सिंहदरबार आइपुग्छ’ भन्ने आशमा स्थानीय तहको निर्वाचनमा उत्साहका साथ मतदान गरेका सर्वसाधारण यतिबेला सानो कामका लागि पनि सदरमुकाम धाउनु परेपछि हैरानी खेप्न बाध्य छन् ।


ADVERTISEMENT


गाउँगाउँमा सिंहदरबार सुनेका जनता यतिबेला सानो कामका लागि पनि सदरमुकाम खलंगामा आउनु पर्दा स्थानीय सरकारको कुनै अनुभूति गर्न नपाएको गुनासो गर्न थालेका छन् । सदरमुकाम खलंगा बाहेक कुनै पनि स्थानीय तहमा बैंकिङ सेवा नहुँदा जनताले पुरानै सास्ती खेप्नु परेको सरोकारवालाको भनाइ छ ।


ADVERTISEMENT

# # #


स्थानीय सरकार स्वायत्त र अधिकार सम्पन्न हुने र जनताका सबै काम गाउँबाटै हुने भनिए पनि मुख्य रूपमा बैंकिङ सेवा, नागरिकता, मालपोतको नापी र अन्य महत्वपूर्ण कामका लागि स्थानीयलाई सदरमुकाममा आउनैपर्ने बाध्यता छ ।

सदरमुकाम खलंगामा सरकारी तथा निजी क्षेत्रका आधा दर्जन बैंक भए पनि अन्य स्थानीय तहमा भने सुरक्षा र अन्य व्यवस्थापनका कारण बैंक स्थापना हुन सकेका छैनन् । यसले स्थानीयलाई सदरमुकाम खलंगामा नआई सुखै छैन ।

‘नारामा मात्र सिंहदरबार गाउँ पुग्यो। हामीलाइ भने सिंहदरबार खोज्न सदरमुकाममै आउनुपर्ने भयो,’ जुनीचाँदे गाउँपालिका वडा नम्बर २ का धनबहादुर खड्काले भने । मुख्य काम गर्न खलंगा नआई नहुने भएपछि परिवर्तन आयो भन्ने झूट भएको भएको बताए।