काठमाडौं-पाँच नम्बर प्रदेशको अस्थायी राजधानी दाङलाई घोषणा गर्नुपर्ने माग गर्दै बुधबारदेखि दाङमा अनिश्चितकालिन आमहड्ताल शुरु भएको छ । आमहड्तालका कारण बिहानैदेखि जनजीवन प्रभावित भएको छ । यातायात, उद्योग, व्यवसाय, शैक्षिक संस्था सबै ठप्प छन् ।


ADVERTISEMENT


जिल्लाका घोराही, तुलसीपुर, लमही, गढवा, भालुबाङ लगाएतका मुख्य बजार र सडकमा प्रदर्शन भैरहेको छ । बजारका मुख्य चोकमा नाराबाजी र जुलुसहरु निस्केका छन् । चोकचोकमा टायर बालेर सडक अवरुद्ध गरिएको छ । हालसम्म दाङमा उच्च अदालत, प्रदेश प्रहरी ईकाई र प्रदेश स्तरीय राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् ।


ADVERTISEMENT

# # #


प्रदेशको केन्द्र पर्ने, पर्याप्त भौतिक संरचना र सरकारी जग्गा भएका कारण दाङलाई नै अस्थाई मुकाम तोक्नुपर्ने दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले बताए । राजधानी नतोक्दासम्म अनिश्चितकालिन आमहड्तालको आह्वान गरिएको भुसालले जानकारी दिए ।