नेपाली कांग्रेसको भातृ संठगन नेविसंघका महामन्त्री आनन्द राज त्रिपाठीसंग हिमालय पोष्टले गरेको कुराकानी :


ADVERTISEMENT


नेविसंघमा केहि दिन यता विवाद निकै चुलिएको छ । खासमा यो कस्तो खालको विवाद हो ? के भएर विवाद उत्पन्न भएको हो ?


ADVERTISEMENT

# # #


यो वास्तवमा विधिलाई नमान्ने एकथरी जो झुण्ड छ, जहिले पनि गुटमा विश्वास गर्ने र गुटकै भरमा संगठनलाई आफ्नो हातमा लिएर जुन ढङ्गले अगाडी बढेको छ , त्यसले संगठनको हित पनि गर्दैन र फाइदा पनि गर्दैन र यो जुन किसिमका गतिबिधिहरु अहिले देखीरहेको छ यो गतिविधि तुरुन्त रोक्नुपर्छ । जुन तरीकाले संगठनलाई बदनाम गर्ने योजनामा कामहरु भइरहेको छ,यो झुण्डलाई तुरुन्त संगठनको कारबाहिको दायरामा ल्याउनु पर्छ । म नेपाल विद्यार्थी संगठनको महामन्त्रीको हैसियतले भन्नुपर्दा विधिभन्दा र विधानभन्दा माथि कोहीपनि छैन । धेरैबाट विधिभन्दा माथि गएर जुन कामहरु भईरहेको छ , त्यो तत्काल रोकेर संगठनको विधानभित्र ल्याउनु पर्छ र जो संगठनभन्दा बाहिर छ त्यसलाई अब संगठनले कारवाहि गर्नुपर्छ भन्ने मेरो आधिकारीक धारणा रहेको छ ।

त्यसो भए समस्याको दोषी को हो र कहाँबाट भइरहेको छ ?

समस्याको दोषी को भन्दा पनि संगठनलाई जुन ढङ्गले अगाडि बढाइरहेको छ । नेपाल विद्यार्थी संगठनको नेतृत्व अध्यक्षात्मक प्रणाली भएकोले संगठन आफ्नो विधिविधान अनुसार चलिरहेको छ । तर त्यो कुरालाई अटेर गरेर सडकमा बस्ने एकथरीले त्यसलाई उचालेर विधिभन्दा बाहिर गएका छन् । संगठनको महामन्त्री भएर पनि विधानको खिलापमा गएर जुन ढंगले उहाँले गठन गर्नु भएको छ । त्यो एकदमै अवैधानिक छ । त्यस्ता क्रियाकलाप गर्नेहरुलाई तुरुन्तै संगठनले कानुनको दायरामा ल्याएर कारबाही अगाडि बढाउनु पर्छ ।

कारवाही अगाडि बढ्छ भन्नुभयो, अब तपाईहरु कुन हिसाबले कुन एक्सन लिनुहुन्छ र कसरी कारबाहि गर्नुहुन्छ ?

यस एउटा संगठनको विधि र विधानभित्र रहेर उसले गरेको कुराहरुलाई निश्चित समयभित्र विधान अनुसार स्पष्टिकरण माग्छौँ । तर स्पष्टिकरण चित्तबुझ्दो नभएमा त्यसमा छलफल गरेर तुरुन्त एक्सन लिने अभियानमा हामी अगाडि बढिसकेका छौं

को को हुनुहुन्छ तपाँइको लिष्टमा ?

विधि विधानभन्दा बाहिर गएर संगठनको विरुद्धमा उत्रिने जोसुकैलाई कारबाही गर्नुपर्छ । भोलिका दिनमा यदि म संगठनको विधान, विधानभन्दा बाहिर गएँ भने मलाई पनि कारबाही गर्नुपर्छ । सबैले संगठनको दायरामा आउनुपर्छ । संगठनबाहिर जानेका विरुद्ध सबै एकजुट हुनु आवश्यक छ ।

यो कारबाही र एक्सन भनेको खासमा के हो ?

कारबाही भनेको विधिलाई नमान्ने, विधानलाई नमान्ने भएपछि त्यसलाई कारबाही हुन्छ । हरेक संस्थाको चेन अफ कमान्ड भनेको त विधान हो । विधानअन्र्तगत जो जान्छ त्यसलाई हामीले कारबाही गर्नुपर्छ ।

र अब यो समस्याको समधान कसरी हुन्छ त ?

वैधानिक अनुशासन समिति गठन गर्नु भएको छ । त्यो समिति अनुसारका अनुसार अटेर गर्ने र संगठनले भनेका कुरालाई नमान्ने हो भने त्यो संगठनको मान्छे हुनपनि सक्दैन र भन्ने हाम्रो ठहर छ र हामी त्यही ढङ्गले अगाडि बढछौं ।