काठमाडौँ – नेपाल विद्यार्थी संघले ७ बुँदै मागहरु सम्वोधन नभकै बेला त्रिभुवन विश्व विद्यालयले विद्यार्थीको शुल्क ३५ प्रतिशत वृद्धि गरेको भन्दै भन्दै दवाब र्‍याली निकाल्ने भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्रीलाई ७२ घण्टे अल्टिमेटम दिएको समय गुज्रिसकेको र विश्व विद्यालयको शुल्क वृद्धिको विरोधमा दबाब र्‍याली निकाल्न लागिएको अध्यक्ष नैनसिंह महरले जानकारी गराए ।


ADVERTISEMENT

# # #


संगठनले नेपालको संविधानको स्वास्थ्यसम्बन्धी मौलिक हक अन्तर्गत सबै नियमित विद्यार्थीहरुलाई निःशुल्क स्वास्थ्य वीमा अविलम्ब कार्यान्वयन गर्नुपर्ने, रोजगारको ग्यारेन्टी गर्नुपर्ने तथा बेरोजार भत्ताको व्यवस्था गर्न माग गरेको छ ।

यस्तै प्राविधिक उच्च शिक्षाको ग्यारेन्टी गर्न ७ वटै प्रदेशमा एक एकवटा मेडिकल कलेज, इन्जिजियरिङ कलेज र कृर्षि क्याम्पस खोल्न सरकारलाई नेविसंघले आग्रह गरेको छ ।

यस्तै नेपाली सिमाको रक्षा गर्न सरकारसँग आग्रह गरेको छ । सरकारले मागको सुनुवाई नगरे अनसन बस्ने गरी विरोध कार्यक्रम ल्याउने महरले बताए ।

दिउँसो १ विश्व भाषा क्याम्पस प्रर्दशनी मार्गबाट शुरुहुने विरोध र्‍याली पुतलीसडक बागबजार हुँदै त्रिचन्द्र क्याम्पस अगाडी पुगेर सकिने संघले जनाएको छ ।